एसियन कपमा इराकलाई सफलता

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । एसियन कप फुटबलमा इराकले विजयी सुरुवात गरेको छ । सोमबार राति सम्पन्न समुह डी अन्तर्गतको खेलमा इराकले इन्डोनेसियामाथि ३–१ को प्रभावशाली जित निकालेको हो ।

इराकको जितमा मोहमद अली, ओसामा राशिद र आयमेन हुसैनले गोल गरे । त्यस्तै इन्डोनेसियाका लागि मार्सेलिनो फेरडिनानले एक गोल गरेका थिए ।

समुह डी मा जापान र इराकले आफ्नो पहिलो खेल जितेका छन् भने भियतनाम र इन्डोनेसियाले आफ्नो पहिलो खेलमा हार बेहोरेका छन् ।

ADVERTISEMENT

अब इराकले अर्को खेलमा जापानको सामना गर्ने छ भने भियतनामले इन्डोनेसियासँग खेल्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *