प्रधानमन्त्री कप : फाइनलमा एपीएफ र कोशी भिड्दै

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । जारी प्रधानमन्त्री कप महिला टी- २० प्रतियोगिताको फाइनलमा आज विभागीय टिम एपीएफ र कोशी प्रदेश भिड्ने भएका छन् ।

यो खेल आज टियु क्रिकेट मैदानमा बिहान ११ बजेदेखि शुरु हुदै छ ।

प्रतियोगितामा एपीएफ अपराजित हुदै फाइनलसम्म पुगेको छ । लिग चरणमा सबै खेल जितेर शिर्ष स्थानमा रहदै पहिलो क्वालिफायर खेलेको एपीएफले कोशी प्रदेशलाई ५२ रनले पराजित गर्दै फाइनलमा पुगेको थियो ।

ADVERTISEMENT

त्यस्तै पहिलो क्वालिफायरमा पराजित भएर दोस्रो क्वालिफायर खेलेको कोशी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई ९ विकेटले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो ।

अब यस प्रतियोगितामा एपीएफ र कोशीबीच तेस्रो पटक भिडन्त हुदै छ । यस अघिका दुवै भिडन्त एपीएफले जितेको थियो । लिग चरणमा एपीएफले ८ विकेटले कोशीलाई पराजित गरेको थियो । अब तेस्रो भिडन्तमा कोशीले एपीएफलाई हराएर बदला लिने अवसर रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?