काठमाडौं । उसु खेलाडी निता खड्काको निधनमा नेपाल उसु महासंघले सोमबार श्रद्धाञ्जलि कार्यक्रम आयोजना गर्यो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) हातामा भएको कार्यक्रममा राखेपका सदस्य-सचिव टंकलाल घिसिङ, राखेपका सदस्य एवं नेपाल उसु महासंघका अध्यक्ष जनक बर्तौला, तालिम तथा प्रशिक्षण विभागका निर्देशक प्रचण्ड शर्मा, राष्ट्रिय टिम तयारीका निर्देशक दीपक विष्ट, उसु महासंघका पदाधिकारी, खेलाडी, प्रशिक्षक लगायतले स्व. निताको तस्वीरमा पुष्पगुच्छा चढाईं भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ ।
निताको पुस १३ गते हेटौँडामा भएको प्रथम अन्तरप्रदेश उसु प्रतियोगितामा सहभागी भएर घर (जुगेडा, धनगढी) फर्कने क्रममा सडक दुर्घटनामा परी निधन भएको थियो । पुस ११ देखि १२ गतेसम्म भएको प्रतियोगितामा निताले सान्सौँको महिला ५२ केजीमा स्वर्ण जित्नुभएको थियो ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा