इंग्लिस प्रिमियर लिग : शीर्ष स्थानमा लिभरपुललाई तीन अंकको अग्रता

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं – इंग्लिस प्रिमियर लिगमा लिभरपुलले न्यूक्यासल युनाइटेडलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा लिभरपुलले न्यूक्यासल युनाइटेडलाई ४–२ गोल अन्तरले पराजित गरेको हो ।

लिभरपुलको जितमा मोहमद सलाहले २ गोल गरेका थिए भने कार्टिस जोन्स र कोडी गाक्पोले एक एक गोल गरेका थिए ।

त्यसैगरी न्यूक्यासलका लागि एल्जान्डर इसक र सभेन बोटम्यानले एक एक गोल गरेका थिए ।यो यस सिजनमा लिभरपुलको १३औं जित हो ।

ADVERTISEMENT

यो जितसँगै लिभरपुलको २० खेलमा ४५ अंक भएको छ र लिगमा शिर्ष स्थानमा कायम रहेको छ । लिभरपुलले यो जितपछि दोस्रो स्थानमा रहेको एस्टन भिल्लासँग ३ अंकको स्पष्ट अग्रता हासिल गरेको छ ।

त्यसैगरी न्यूक्यासल युनाइटेडको भने यो यस सिजनमा नवौं हार हो । २० खेलमा २९ अंक रहेको न्यूक्यासल लिगमा नवौं स्थानमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *