भोजपुर गट ट्यालेन्ट प्रतियोगिताका लागि पचास हजार सहयोग

निरोज कोइराला भोजपुर, संवाददाता
निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 2 mins

भोजपुर । ‘कला, संस्कृतिको जगेर्ना र हस्तान्तरण तपाईं हाम्रो उत्तरदायित्व’ नाराका साथ सुरु भएकाे भोजपुर गट ट्यालेन्ट नृत्य तथा गायन प्रतियोगिताका लागि षडानन्द नगरपालिकाले ५० हजार सहयोग गरेको छ ।

सेमिफाइनलका लागि प्रतिस्पर्धामा रहेका ४० जना मध्येबाट छनौट गर्नु पर्ने नृत्य तथा गायनका कलाकारहरुको प्रतिस्पर्धाको कार्यक्रमलाई सुभारम्भ गर्दै नगरप्रमुख सुरेन्द्र कुमार उदासले पालिकाको तर्फबाट ५० हजार सहयोगको प्रतिबद्धता जनाउनु भएको हो ।

ADVERTISEMENT

भोजपुर फिल्मस प्रालि र डाइमण्ड क्रु सेन्टरको आयोजनामा सुरु प्रतियोगितामा आगामी चरणका लागि नृत्य तर्फ १५ र गायन तर्फ १५ कलाकारहरु छनौट भएको डाइमण्ड क्रु सेन्टरका संचालक सुसन घिमिरेले जानकारी दिनुभयो ।

प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुनेले ट्रफी, मेडल र प्रमाण पत्रसहित नगद पुरस्कार समेत पाउने छन् भने नृत्य र गायन एक वर्ष निःशुल्करुपमा सिक्ने अवसर पाउने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *