काठमाडौँ । यू–१९ एसिया कपमा आज नेपाल र पाकिस्तानबीच हुँदैछ । दुबईको आईसीसी एकेडेमी ग्राउण्ड २ मा हुने यो खेल नेपाली समयअनुसार बिहान ११ः१५ मा सुरु हुनेछ।
नेपालले डिसेम्बर ८ (मंसिर २२) पाकिस्तान, डिसेम्बर १० (मंसिर २४) अफगानस्तान र डिसेम्बर १२ (मंसिर २६) भारतसँग खेल्ने छ। नेपालले समूह चरणमा तीनवटै टेष्ट राष्ट्रसँग खेल्ने भएको हो।
सन् २००२ को विश्वकपमा भएको खेलमा नेपालले पाकिस्तानलाई ३० रनले हराएको थियो, त्यसयता भएको सबै खेल पाकिस्तानले जितेको छ। पछिल्लो पटक २०१६ को विश्वकपमा भएको भेटमा पाकिस्तान १२२ रनले विजयी भएको थियो।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts