काठमाडौं । नेपाली चलचित्रका दुई अभिनेता सौगात मल्ल र अर्का नाय दयाहाङ राईद्धारा अभिनित नयाँ चलचित्र ‘हात्तीछाप’को टिजर सार्वजनिक गरिएको छ । फिल्म ‘२ नम्बरी’को सफलतापछि उक्त टिमले अर्को नयाँ चलचित्र निर्माण गरेको हो । जसमा सौगात र दयाहाङ राईसहित अभिनेत्री उपासना सिंह ठकुरीले स्क्रिन सेयर गरेकी छन् ।
त्यस्तै, अन्य चर्चित कलाकारहरु विल्सन विक्रम राई, बेनिशा हमाल, वुद्दि तामाङ, बिजय बराल, कमलमणी नेपाल, पुष्कर गुरुङ, प्रकाश घिमिरे, विनोद न्यौपाने, कविता आले, भोलाराज सापकोटा, सुष्मा निरौला, रेयर राई, विशाल पहारि, अनुप न्यौपाने, स्वस्तिका खड्का, नारायण खाती, अनिता गिरी, बेन भुजेल, रिजोन परियार, अनिषा अधिकारी र उत्तम(बौवा) को अभिनय रहेको छ ।
२ मिनेछ २९ सेकेन्डको सार्वजनिक फिल्मको टिजरमा माया–प्रेम, राजनीतिक बिषय र कमेडीलाई स्थान दिइएको छ । टिजरमा फिल्मका अधिकांश कलाकार अटाएका छन् । सिमोस सुनुवारको निर्देशनमा तयार भएको यो फिल्ममा प्रदीप भारद्धाजको लेखन, निमेष श्रेष्ठको सम्पादन, सुशन प्रजापतिको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी, उज्ज्वल सागर र आशिष मगरको संगीत छ ।
यो फिल्म माघको २६ गतेबाट रिलिजमा आउँदैछ । सामाजिक र राजनीतिक विषयवस्तुलाई कलात्मक र रोचक ढंगले पर्दामा उतारिएको छ । रेड बर्ड प्रोडक्शनको निर्माणमा तयार भएको फिल्मका प्रस्तुतकर्ता किरण नेपाली हुन् । फिल्मका प्रोडक्शन हेड सुरज आचार्य हुन् । फिल्ममा अमलादेवी राई, पुष्कर गुरुङ र जय श्रेष्ठ निर्माताको रुपमा छन् ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts