बैतडी । नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुर बहादुर चन्दले स्थानीय सरकारले क्रिकेट खेललाई प्राथमिकता दिनुपर्ने बताउनु भएको छ ।
शनिबार बिडिसिए कप जिल्लास्तरीय क्रिकेट प्रतियोगिताको उद्घाटन समारोहमा बोल्दै अध्यक्ष चन्दले स्थानीय सरकारले क्रिकेट खेललाई प्राथमिकतामा नराखेको गुनासो गर्नुभयो ।
‘स्थानीय तहहरूले क्रिकेट खेलमा लगानी गरिरहेका छैनन् । यसले खेल र खेलाडीप्रति अपमानको महसुस भएको छ।’, उहाँले भन्नुभयो ‘युवाहरूको चाहना क्रिकेटमा छ। तर यो खेलप्रति लगानी छैन। ’
क्रिकेटले नेपाललाई विश्वसामु चिनाइरहेका बेला यसको विकासका लागि तीनै तहका सरकारहरु अझै सक्रिय हुन नसेकेको उहाँको भनाई थियो। ‘देशका उच्चस्तरका नेता क्रिकेट जित्दा बधाई मात्रै दिन्छन् ।’ उहाँले भन्नुभयो ‘आवश्यक खेलमैदान लगायतका पुर्वाधार निर्माणमा चासो देखाउदैनन् ।
पुस ४ गतेसम्म सञ्चालन हुने साे प्रतियोगितामा जिल्लाका १३ क्लबको सहभागीता रहेको छ।
प्रतियोगिताको विजेतालाई ५० हजार नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ भने उपविजेतालाई ३५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने बैतडी जिल्ला क्रिकेट संघले जनाएको छ ।
प्रतियोगिताले क्रिकेटको विकासका साथै खेलाडी उत्पादनमा सहयोग पुग्ने विश्वास गरिएको छ। बिडिसिए कपको यो २० औं संस्करणको नेपाल क्रिकेट संघका अध्यक्षे चन्दले बलिङ र बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले ब्याटिङ गर्दै प्रतियोगिताको उद्घाटन गर्नुभएको हो।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts