भोजपुर । पहाडी जिल्ला संखुवासभाको खाँदवारीमा आगामी कार्तिक २० गतेबाट आठौ अरुणभ्याली आमन्त्रित फुटवल प्रतियोगिता सुरु हुने भएको छ । अहिले प्रतियोगिता संचालनका लागि तयारी भई रहेको छ ।
एड्भान्स क्लब मानेभञ्ज्याङको आयोजनामा यही कात्तिक २० देखि २४ गतेसम्म आयोजना हुने प्रतियोगितामा आमन्त्रित १२ वटा क्लबले सहभागिता जनाउने छन् ।
संखुवासभाको खाँदवारी नगरपालिका वडा नम्वर ३ मा रहेको महेन्द्र माध्यामिक बिद्यालयको खेल मैदानमा हुने प्रतियोगितामा आयोजक एडभान्स क्लब सहित लोहोरुङ क्लब, खाँदबारी युथ क्लब, मिर्मिरे युवा क्लब, अरुण एड्भान्स क्लब, सेकाहा सामुदायिक क्लब, शीतलपाटी फुटबल क्लब, कोशी प्रदेश प्रहरी टिम, तीनपोखरी क्लब, पञ्चकन्या युथ, सभापोखरी फुटबल क्लब र फ्रेन्डस क्लवको सहभागिता रहने आयोजक एड्भान्स क्लबका अध्यक्ष जिल्लामान राईले जानकारी दिनुभयो ।

बार्षिकरुपमा क्लबले दसैँ र तिहारको बीचमा प्रतियोगिता सञ्चालन गर्दै आई रहेको छ । जिल्लाकै प्रतिष्ठित मानिएको प्रतियोगिताको विजेताले नगद दुई लाख र उपविजेताले एक लाख सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने अन्य प्रतियोगीहरूलाई सहभागिताको आधारमा व्यवस्थापन खर्च समेत उपलब्ध गराउने आयोजकको जनाएको छ ।
प्रतियोगिताको सुरु दिन र समापन कार्यक्रममा सांस्कृतिक कार्यक्रम समेत आयोजना गरिने छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts