भोजपुर । भोजपुरको छिनामखुमा जारी पुरुष तथा महिला फुटबल प्रतियोगितामा पुरुषतर्फ सात टिम क्वाटरफाइनलमा प्रवेश गरेका छन् । भोजपुरको टेम्केमैयुङ गाउँपालिका-२ छिनामखुमा जारी छिनामखु कप प्रथम संस्करण खुला पुरुष तथा महिला फुटबल प्रतियोगिताअन्तर्गत पुरुषतर्फ छिनामखु सरोकार समाज, पौवदुङमा फुटबल क्लब, राइजिङ युथ क्लब दिक्तेल, कोदार फुटबल क्लब, भैसिपंख फुटबल क्लब, कोट फुटबल क्लब, देउराली फुटबल क्लब क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
छिनामखुमा रहेको कुलुङ सामुदायिक खेलकुद मैदानमा जारी प्रतियोगितामा प्रथम हुनेले एक लाख एक हजार ११, दोस्रो हुनेले ५० हजार ५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै महिलातर्फ प्रथम हुने टिमले २५ हजार ५२५ र दोस्रो हुनेले १५ हजार ११५ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छिनामखु युवा समाजका अध्यक्ष रुवालुङ राईले जानकारी दिनुभयो ।
प्रतियोगिताको उद्घाटन गाउँपालिका अध्यक्ष सरोज बस्नेतले गर्नुभएको थियो । फुटबल प्रतियोगितामा पुरुषतर्फ १६ टिम र महिलातर्फ चार टिम सहभागी थिए ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts