भोजपुर । कलाकारहरुको खोजी र नयाँ पुस्तालाई कलाकारिता क्षेत्रमा लाग्न प्रोत्साहन गर्न भोजपुरका स्थानीय तहहरुमा सुरु गरिएको गट ट्यालेन्ट गायन तथा नृत्य प्रतिभा पहिचान कार्यक्रम अन्तर्गत जिल्लाको उत्तरमा रहेको साल्पासिलिछो गाउँपालिकामा प्रतियोगिता संचालन गरिएको छ ।
प्रतिभालाई पहिचान गर्ने उद्देश्यका साथ भोजपुर फिल्मस प्रालि र डाइमण्ड क्रु सेन्टर भोजपुरको आयोजनामा अहिले पहिलो चरणमा पालिका स्तरीय प्रतियोगिताहरु संचालन भई रहेको छ । साल्पासिलिछो गाउँपालिका वडा नम्वर ३, चौकीडाँडामा रहेको जाल्पा माविमा संचालन भएको प्रतियोगितामा ६५ जना कलाकारहरुले भाग लिएका थिए । जसमा गायन तर्फ १९ जनामा सात र नृत्यमा २८ जना छनौट भएको आयोजक डाइमण्ड क्रु सेन्टर भोजपुरका संचालक सुशन घिमिरेले बताउनुभयो ।
प्रतियोगिता अन्तर्गत साल्पासिलिछो सहित हालसम्म भोजपुर नगरपालिका, टेम्केमैयुङ गाउँपालिका, हतुवागढी गाउँपालिका, पौवादुङमा गाउँपालिका र अरुण गाउँपालिकामा प्रतियोगिता संचालन भई कलाकारहरु छनौट सकेको आयोजक डाइमण्ड क्रु सेन्टर भोजपुरका संचालक घिमिरेले बताउनुभयो । बाँकी अन्य पालिकामा समेत चाडै प्रतियोगिता गरिने आयोजकले जनाएको छ । भोजपुरमा २ नगरपालिका र ७ वटा गाउँपालिका छन् ।
भोजपुर नगरपालिकामा ६५ जनामा २२, टेम्केमैयुङमा २८ जनामा ११, हतुवागढीमा ३५ जनामा १६, पौवादुङमा २२ जनामा ११ र अरुण गाउँपालिकामा ३४ जनामा १८ जना प्रतिभा पहिचान अन्तर्गत छनौट भएका हुन । प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुनेले ट्रफी, मेडल र प्रमाण पत्रसहित नगद पुरस्कार समेत पाउनेछन भने नृत्य र गायन एक वर्ष निशुल्करुपमा सिक्ने अवसर पाउने छन् ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts