नेपालले दियो माल्दिभ्सलाई २१३ रनको लक्ष्य

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । नेपालले माल्दिभ्सलाई २१३ रनको लक्ष्य दिएको छ । चीनमा भइरहेको १९ औं एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको जारी खेलमा नेपालले माल्दिभ्सलाई २१३ रनको लक्ष्य दिएको हो ।

टस जितेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २ सय १२ रन जोडेका हो । नेपालका लागि कप्तान रोहित पौडेलले ५२, गुल्सन झाले ३५ , कुशल मल्लले ४७ र कुशल भुर्तेलले ३५ रन बनाएको खेलमा माल्दिभ्सले फराकिलो चुनौती पाएको हो ।

ADVERTISEMENT

यसो त ६७ रनमा ४ विकेट गुमाएको नेपालको खेललाई रोहित, गुल्सन र कुशल मल्लले सम्हालेर २१३ रनको लक्ष्य दिएका हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?