काठमाडौं । राष्ट्रिय फुटबल टोलीका फरवार्ड विमल घर्तीमगर पनि अष्ट्रेलिया जानुभएको छ । एक दशकभन्दा लामो समयदेखि राष्ट्रिय टोलीका सदस्य रहेका विमल शुक्रबार अष्ट्रेलिया जानुभएको हो । एन्फा एकेडेमीका उत्पादन उनले सन् २०१२ मा बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलमा डेब्यु गर्नुभएको थियो ।
उहाँ मच्छिन्द्र क्लबबाट शहीद स्मारक ‘ए’ डिभिजन लिग खेल्नुभएको थियो । सन् २०१५ मा नेपालले विमलको कप्तानीमा पहिलो यु-१९ साफ च्याम्पियनसिप जितेको थियो । भारतलाई हराउँदै नेपालले उपाधि जितेको थियो । पछिल्लो दुई वर्षमा राष्ट्रिय टोलीबाट नियमित खेल्दै आएका सहित ५० भन्दा बढी फुटबल खेलाडी सुखद् भविष्यको आशामा अष्ट्रेलिया पुगेका छन् ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements