तम्घासमा आईटीएफ तेक्वान्दोको टेक्निकल सेमिनार सञ्चालन हुँदै

रमेश विश्वकर्मा गुल्मी, संवाददाता
रमेश विश्वकर्मा गुल्मी, संवाददाता
Read Time = 2 mins

गुल्मी । गुल्मीमा आईटीएफ तेक्वान्दोको टेक्निकल सेमिनार सञ्चालन हुने भएको छ । जिल्लाको सदरमुकाम तम्घासमा रहेको इन्द्रेणी पार्टी प्यालेसमा यही असोज २० गते आईटीएफ तेक्वान्दोको टेक्निकल सेमिनार सञ्चालन हुने भएको पत्रकार सम्मेलनमार्फत जिल्ला आईटीएफ तेक्वान्दो संघले जनाएको हो ।

आईटीएफ तेक्वान्दोको टेक्निकल सेमिनारले नयाँ टेक्निकल विधिबाट तेक्वान्दो खेल्नको लागि सहयोग पुग्ने अपेक्षा गरिएको संघका उपाध्यक्ष अजय बुढा मगरले बताउनुभयो । सो सेमिनारमा आईटीएफ तेक्वान्दो संघका नवनिर्वाचित केन्द्रीय महासचिव घमबहादुर थापा मगर आउनु हुने भएको छ । उहाँले तेक्वान्दोको नयाँ टेक्निकल विधिहरू सिकाउनु हुनेछ ।

ADVERTISEMENT

सेमिनारमा दुई सय तेक्वान्दो खेलाडीहरू सहभागी हुने आईटीएफ तेक्वान्दो संघ गुल्मीका अध्यक्ष वीरेन्द्र कुँवरले जानकारी दिनुभयो । आईटीएफ तेक्वान्दो संघ गुल्मीले यसअघि तेक्वान्दो खेलहरू खेलाउने र राष्ट्रिय एवम् अन्तर्राष्ट्रियस्तरका खेलमा खेलाडीलाई सहभागी गराउन सहयोग पुर्‍याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *