सरुले एसियाडका बाँकी खेल गुमाउने

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी मिडफिल्डर सरु लिम्बूले चीनमा जारी १९औँ एसियाली खेलकुद (एसियाड) का बाँकी खेल गुमाउने हुनुभएको छ । एसियाडमा शुक्रबार भियतनामविरुद्धको खेलमा घुँडामा चोट लागेपछि सरुले बाँकी खेल गुमाउने हुनुभएको हो । समूह चरणमा नेपालले अब जापान र बंगलादेशसँग खेल्न बाँकी छ ।

भियतनामविरुद्धको खेलको ३५औँ मिनेटमा बायाँ खुट्टा ट्विस्ट भएपछि सरुले मैदान छाड्नुपरेको थियो । सरुको बायाँ खुट्टाको एसिएल र मिनिस्कसमा चोट लागेको छ ।

ADVERTISEMENT

चोटका कारण सरुले झण्डै नौ महिना मैदानबाहिर रहनुपर्ने अनुमान गरिएको छ । चीनमा नै सरुको शल्यक्रिया गरिने भएको छ । भियतनामविरुद्धको खेल नेपालले २-० ले गुमाएको थियो । नेपालले सोमबार जापानसँग खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *