क्रिकेट प्रशिक्षक उत्पादनमा महानगरले सघाउने

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 4 mins

काठमाडौं । क्रिकेट प्रशिक्षक विकास कार्यक्रमका लागि काठमाडौं महानगरपालिकाले सघाउने भएको छ । महानगर र बागमती प्रदेश क्रिकेट संघसँग उक्त कार्यक्रममा सहकार्य गर्ने सम्झौता भएको हो । सम्झौताअनुसार विद्यालयभित्रका खेलकुद प्रशिक्षकलाई क्रिकेट प्रशिक्षण गराउन काठमाडौं महानगरले सघाउने भएको हो । बागमती प्रदेश क्रिकेट संघले असोज १६ गतेदेखि २० गतेसम्म क्रिकेट प्रशिक्षक विकास कार्यक्रम सञ्चालन गर्दैछ । सो कार्यक्रमलाई आवश्यक पर्ने सहयोग काठमाडौं महानगरपालिकाले उपलब्ध गराउने भएको छ । प्रशिक्षणमा सहभागी हुने प्रशिक्षकलाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसिसीको लेभल जिरो प्रमाणपत्रसमेत दिने बागमती प्रदेश क्रिकेट संघले जनाएको छ ।

कार्यक्रम सञ्चालनका लागि शुक्रबार बागमती प्रदेश क्रिकेट संघका अध्यक्ष पारस खड्का र काठमाडौं महानगरका तर्फबाट मेयर बालेन्द्र साह बालेनले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको थियो ।

काठमाडौं महानगरमा मात्र नभएर दीर्घकालीन रूपमा सिंगो क्रिकेट विकास र विस्तारमा सहयोग पुग्ने बागमती महानगरले जनाएको छ । मेयर साहले समेत काठमाडौंमा क्रिकेट सिक्न जाने खेलाडीमा प्रशिक्षकको अभाव रहेको बताउँदै प्रशिक्षक उत्पादन गर्ने कार्यक्रममा महानगरले सहयोग गरेको बताउनुभएको छ ।

ADVERTISEMENT

‘पारस खडका, ज्ञानेन्द्र मल्ल, पृथु बास्कोटापछि काठमाडौंबाट राष्ट्रिय टोलीबाट प्रतिनिधित्व गर्ने अर्को खेलाडीनै निस्किएन । कारण काठमाडौंमा खेल्ने वातावरण नै नभएर हो । स्थानीय सरकारको दायित्व भनेकै स्थानीय जनतालाई खेल्ने वातावरण तयार पार्ने नै हो । त्यसको अनुरूप हामीले बागमती प्रदेश क्रिकेट सघंको प्राविधिक सहयोगमा केही स्कुलहरू तथा वडाहरूमा क्रिकेट नेट राख्ने व्यवस्था गर्दैछौँ,’ बालेनले सम्झौतापछि भन्नुभएको छ ।

यस्तै, बागमती प्रादेशिक क्रिकेट संघले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘नेपाली राष्ट्रिय क्रिकेट टोलीले उल्लेखनीय उपलब्धि हासिल गर्दै गर्दा ग्रासरुट क्रिकेटस्तरमा क्रिकेट प्रशिक्षक तथा प्रशिक्षार्थीको अनुपात निकै न्यून रहेको छ । यस सम्झौताले काठमाडौं जिल्लाका ५० विद्यालयस्तरका क्रिकेट प्रशिक्षकहरूलाई तालिम दिई शहरभरका इच्छुक क्रिकेट खेलाडीहरूलाई क्रिकेटको ज्ञान र सीपहरू फैलाउन सहयोग गरी एक कोशेढुंगा बन्न सक्ने विश्वास गरेका छौँ ।’

यस कार्यक्रमपश्चात् ग्रासरुटस्तरदेखि सम्भावना बोकेका क्रिकेट खेलाडीहरूको संख्या बढाइ, राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका लागि तल्लोस्तरबाटै क्षमता अभिवृद्धि गर्ने विश्वास गरिएको संघले जनाएको छ । मेयर बालेनले समेत खेलकुदको प्राविधिक जनशक्ति उत्पादनमा सहयोग गरेर ग्रासरुटको विकासमा प्रोत्साहन गर्ने नीतिलाई अघि बढाउनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *