म्युजिक खबर तीज म्युजिक अवार्डको दोस्रो संस्करण सम्पन्न

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 4 mins

काठमाडौं । म्युजिक खबर तीज म्युजिक अवार्डको दोस्रो संस्करण सम्पन्न भएको छ । अवार्डमा गायक सुमन परियार र गायिका सलिना नेपाली सर्वोत्कृष्ट गायक गायिका घोषित गरिएको थियो । सुमनको ‘टिकटक भाइरल’ र सलिनाको ‘रूपै सलल’ गीतबाट सर्वोत्कृष्ट तीज दोहोरी गीत गायक गायिका घोषित हुनुभएको थियो ।

त्यस्तै गायिका सुमित्रा कोइराला सर्वोत्कृष्ट मौलिक गायिका घोषित हुनुभएको थियो । गायिका कोइराला ‘घन्किसक्यो मादलु’ गीतबाट सर्वोत्कृष्ट गायिका हुनुभएको हो । त्यस्तै गायिका जुना श्रीष ‘माइतीघरको’ बाट सर्वोत्कृष्ट मौलिक गीत गायिका बन्न सफल हुनुभयो भने संगीतकार दीपक शर्मा ‘छोरीको जिन्दगी दुईतिर’बाट सर्वोत्कृष्ट संगीतकार घोषित हुनुभयो ।

प्रतिनिधिसभाको उपभामुख इन्दिरा रानामगरको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा अवार्डकी अध्यक्ष सविता पोखरेलको सभापतित्व रहेको थियो । कार्यक्रममा प्रमुख अतिथिको हातबाट गायिका दुर्गा गुरुङ, मञ्जु पौडेललाई संगीत नारीरत्न सम्मान प्रदान गरिएको थियो । त्यस्तै पत्रकार जयन सुब्बा मानन्धरलाई राष्ट्रिय कला पत्रकारिता विशेष सम्मान प्रदान गरिएको थियो भने खेलाडी नन्दा बस्याललाई राष्ट्रिय खेल विशेष सम्मान प्रदान गरिएको थियो । यस्तै, वरिष्ठ सौन्दर्यकर्मी रश्मिला श्रेष्ठलाई राष्ट्रिय सौन्दर्यकला विशेष सम्मान प्रदान गरिएको थियो ।

ADVERTISEMENT

वरिष्ठ गायक कृष्ण कँडेल र निर्देशक बबिता श्रेष्ठलाई राष्ट्रिय कला विशेष सम्मान प्रदान गरिएको थियो । त्यस्तै, गायिका सरिता भारती र गायिका सरु गौतमलाई राष्ट्रिय गायन सम्मान प्रदान गरिएको कार्यक्रममा समाजसेवी सुरेशचन्द इनानीलाई राष्ट्रिय समाजसेवी सम्मान प्रदान गरिएको थियो ।

कार्यक्रममा गायिका दुर्गा परियार, गायक रोशन सिंह, मोडल अञ्जलि अधिकारी र मोडल अञ्जु निरौला निर्णायक मण्डलमा रहनुभएको थियो । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको प्रज्ञा परिषद् सदस्य टीका पुन, वरिष्ठ अभिनेत्री लक्ष्मी गिरी, वरिष्ठ गायिका चन्द्रकला शाह, वरिष्ठ संगीतकार, गायक, निर्देशक नारायण रायमाझी, व्यवसायी तथा कलाप्रेमी उज्ज्वलजंग ठकुरी, बीजी मलका सञ्चालक बासु गिरी, वरिष्ठ गायिका देविका बन्दना, वरिष्ठ गायिका प्राज्ञ सत्यकला राई, वरिष्ठ गायिका सीता थापा, वरिष्ठ गायिका हरिमाया गुरुङ, नेपाल संगीत उद्योग संघका अध्यक्ष सूर्य मगर, गीतकार संघ नेपालको अध्यक्ष वसन्त वित्यासी थापालगायतको आतिथ्यता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?