काठमाडौं । कप्तान लियोनेल मेस्सी बिना उत्रिएको अर्जेन्टिनाले विश्वकप छनोट खेलमा बोलिभियामाथि सहज जित निकालेको छ ।
बुधबार बिहान सम्पन्न भएको खेलमा अर्जेन्टिना ३-० गोलले विजयी भएको हो । अर्जेन्टिनाको जितमा एन्जो फर्नान्डेज, निकोलास टाग्लिफिको र निकोलास गोन्जालेज एक एक गोल गरे ।
लगातार दोस्रो जितसँगै अर्जेन्टिनाले ६ अंक बटुलेको छ । अर्जेन्टिना शीर्ष स्थानमा उक्लिएको छ ।
मंगलबार भएको अन्य खेलमा ईक्वेडर र भेनेजुयला विजयी भएको छ । छनोटमा दश राष्ट्रको सहभागीता रहेको छ ।
गत जुलाईमा डेभिड बेकह्यामको इन्टर मियामीमा आबद्ध भएपछि मेस्सीले लगातार खेलहरू खेलिरहेका छन् ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts