काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य-सचिव टंकलाल घिसिङले नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) का नवनिर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारीलाई सोमबार बधाई दिनुभएको छ । सदस्य-सचिव घिसिङले त्रिपुरेश्वरस्थित आफ्नै कार्यकक्षमा नवनिर्वाचित पदाधिकारीलाई भेटी बधाई दिनुका साथै कार्यकाल पूर्ण सफलताका लागि शुभकामना दिनुभयो ।
भदौ १९ गते सम्पन्न खेलाडी संघको साधारणसभा तथा निर्वाचनले २ वर्षका लागि १५ सदस्यीय केन्द्रीय कार्यसमिति निर्विरोध चयन गरेको थियो । साधारणसभाका अवसरमा राखेपअन्तर्गत खेलकुद चिकित्सा तथा अनुसन्धान केन्द्रमा लामो समयदेखि कार्यरत कृष्णहरि घिमिरेलाई नगद १५ हजारसहित सम्मान गरिएको थियो ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा