पेनाल्टी चुक्दा नेपालको बराबरी

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

काठमाडौं । पेनाल्टीमा गोल गर्न नसक्दा नेपालले म्यानमारसँगको मैत्रीपूर्ण अन्तर्राष्ट्रिय फुटबल खेलमा गोलरहित बराबरी खेलेको छ । नेपाली टोलीका स्टार फरवार्ड अन्जन विष्ट पेनाल्टीमा गोल गर्न असफल हुनुभएको हो । यंगोन अन्तर्राष्ट्रिय रंगशालामा शुक्रबार भएको खेलमा अन्जनको पेनाल्टी म्यानमारका गोलरक्षकले रोक्नुभएको थियो । खेलको ६३औं मिनेटमा म्यानमारका राइट-ब्याक फ्यो विनले हातले बल छोएपछि नेपालले पेनाल्टी पाएको थियो ।

अन्जनले प्रहार गर्नुभएको पेनाल्टी गोलकिपर जिन फ्योले आफ्नो खुट्टाले जोगाउनुभएको थियो । पेनाल्टीमा गोल गर्न असफल भएसँगै अन्जनले नेपालको लागि सबैभन्दा धेरै गोल गर्ने कीर्तिमान कायम गर्ने मौकासमेत गुमाउनुभएको छ । नेपालका प्रशिक्षक अनेसेले यस खेलमा जिल्लेस्पी जीलेस्पी जंग कार्कीलाई पहिलो रोजाइमा राखेर अन्तर्राष्ट्रिय डेब्यू गराउनुभएको थियो । फरवार्ड हिसुब थपलियाले पनि ८३औं मिनेटमा अञ्जन विस्टको स्थान लिँदै नेपालका लागि डेब्यु गर्नुभयो ।

ADVERTISEMENT

नेपालले विश्वकप छनोटको तयारीका लागि म्यानमारसँग मैत्रीपूर्ण खेल खेलेको हो । अब नेपालको अर्को खेल म्यानमारसँग यसै रंगशालामा सेप्टेम्बर ११ मा हुनेछ । नेपालले लाओसविरुद्ध अर्को महिना विश्वकप छनोटको खेल खेल्नेछ । म्यानमारविरुद्ध नेपालको पहिलो रोजाईमा कप्तानसमेत रहनुभएका गोलरक्षक किरण चेम्जाङ, आशिष चौधरी, रोहित चन्द, अनन्त तामाङ, सनिश श्रेष्ठ, लाकेन लिम्बु, आभाष लामिछाने, मनीष डाँगी, आयुष घलान, अन्जन विष्ट, जिलेस्पीजँग कार्की रहनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *