एनएनआइपिएमा श्रेष्ठको निरन्तरता

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । दक्षिण एसियाली खेलकुदको कराँतेका दोहोरो स्वर्ण विजेता दीपक श्रेष्ठलाई निरन्तरता दिँदै नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) को साधारणसभा तथा निर्वाचनले दुई वर्षका लागि १५ सदस्यीय केन्द्रीय कार्यसमिति मंगलबार निर्विरोध चयन गरेको छ ।

उपाध्यक्षमा आयशा शाक्य (तेक्वान्दो) र दीपक थापा (ब्याडमिन्टन), महासचिवमा शिवसुन्दर गोथे (टेबलटेनिस), सचिवमा मन्देकाजी श्रेष्ठ (कराँते) र कोषाध्यक्षमा आङबाबु लामा (उसु) रहनुभएको छ । पदाधिकारीमा दीपकबाहेक अघिल्लो कार्यसमितिमा सबै अहिलेकै जिम्मेवारीमा हुनुहुन्थ्यो । अघिल्लो कार्यसमितिमा दीपक सदस्य हुनुभयो ।

ADVERTISEMENT

बास्केटबलका सदीश प्रधान, फुटबलका विकेश कुथु, उसुकी जुनी राई, बक्सिङका अजित गुरुङ, फेन्सिङका सञ्जीव लामा, टेबलटेनिसका पुरुषोत्तम बज्राचार्य, सुटिङकी फूलमाया क्याप्छाकी, भलिबलका मानबहादुर श्रेष्ठ र जुडोका सञ्जित डंगोल सदस्यमा चयन हुनुभयो । अब एक उपाध्यक्ष र तीन सदस्यको मनोनयनपछि केन्द्रीय कार्यसमितिले पूर्णता पाउनेछ ।

नवनिर्वाचित पदाधिकारीलाई नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिलाउनुभएका पूर्वधावक जितबहादुर केसीले खादा लगाइदिनुका साथै सफल कार्यकालका लागि शुभकामना दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *