नेपालका लागि विशाल र सनमद्वारा स्वर्ण

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । विशाल पौडेल र सनम मुलगुठीले काठमाडौंमा जारी ५५औँ एसियन शारीरिक सुगठन तथा फिजिक्स स्पोर्ट्स च्याम्पियनसिपमा नेपालका लागि स्वर्ण जित्नुभएको छ । एसियन शारीरिक सुगठन तथा फिटनेस महासंघको आयोजना तथा नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघको व्यवस्थापनमा भएको च्याम्पियनसिपमा विशालले पुरुष जुनियर शारीरिक सुगठन ७५ केजीमाथिको तौलमा भारतका कुमार अनिललाई पछि पार्दै स्वर्ण हात पार्नुभएको छ । तेस्रो स्थानमा थाइल्याण्डका बालान्कन पठान सिरावत रहनुभयो ।

याक एण्ड यती होटलमा भएको च्याम्पियनसिपको महिला स्विम सुट फिजिक खुला विधातर्फ सनमले स्वर्ण जित्नुभयो । उहाँले हङकङ चाइनाकी मा सिन यीलाई पछि पार्दै स्वर्ण हात पार्नुभएको हो । तेस्रो स्थानमा कोरियाकी किम सोयुन रहनुभयो ।

नेपालका लागि पदक दिलाउने क्रममा पुरुष ५५ केजीमा सुरेश दुवालले रजत जोड्नुभयो । उहाँ भियतनामका बुइ दाक फि भुसँग पछाडि पार्नुभएको थियो । मलेसियाका अज्री विन अस्मत सेफ्रीले कांस्य पाउनुभयो ।

यस्तै, अर्को पदक नेपालले ६० केजी तौलमा हात पार्‍यो । अस्मिनबाबु गुरुङले रजत र कमल भण्डारीले कांस्य पाउनुभयो । यस विधामा थाइल्याण्डका जिराफन पोंग कामले स्वर्ण जित्नुभयो ।

ADVERTISEMENT

च्याम्पियनसिपको पहिलो दिन पुरुष जुनियर शारीरिक सुगठन ७५ केजीसम्म र ७५ केजीमाथि, पुरुष ५५ केजी, ६० केजी, ६५ केजी, ७० केजी, महिला जुनियर फिटनेस फिजिक २१ वर्ष र मुनि, महिला फिटनेस फिजिक १६५ सेमीसम्म, १६५ सेमीमाथि, महिला टिनेज एथलेट फिजिक १५-१८ वर्ष, महिला स्विम सुट खुला, महिला जुनियर मोडल फिजिक २१ वर्षमुनि, पुरुष मास्टर्स शारीरिक सुगठन ४० देखि ४९ वर्ष, ५० देखि ६० वर्ष र ६० वर्षमाथि गरी १५ विधामा प्र्रतिस्पर्धा भएको थियो ।

च्याम्पियनसिपमा १७ राष्ट्रका १६८ पुरुष र ६८ महिला गरी २३६ खेलाडीहरूले विभिन्न ४५ विधामा प्रतिस्पर्धा गरिरहेका छन् ।
शारीरिक सुगठनको प्रतियोगितामा पहिलोपटक ठूलो प्रतियोगिताका रूपमा रहेको च्याम्पियनसिपमा नेपालसहित भुटान, चीन, हङकङ चाइना, भारत, कजाखस्तान, मकाउ माल्दिभ्स, मलेसिया, म्यानमार, सिंगापुर, दक्षिण कोरिया, श्रीलंका, थाइल्याण्ड, ताजकिस्तान, उज्वेकिस्तान र भियतनामको सहभागिता छ । दरबारमार्गस्थित याक एण्ड यती होटलको रिगल वाल रुममा भइरहेको च्याम्पियनसिपमा पुरुषतर्फ २८, महिलातर्फ १६ र मिक्स एक गरी ४५ विधामा प्रतिस्पर्धा भइरहेको छ । प्रतिस्पर्धा गर्ने सबै देशका खेलाडी, अफिसियल र डेलिगेट्सहरू नेपालमा छन् ।

सो अवसरमा शारीरिक सुगठन खेलको विकासमा योगदान गरेबापत विभिन्न व्यक्तित्वहरूलाई स्वर्ण, रजत र कांस्य पदकले सम्मान गरिएको थियो ।

जसमा ज्ञानेन्द्र नकर्मी, अजय बज्राचार्य, रुजेश शाही, ननिता बज्राचार्य, निर्मला महर्जन, राजेश उपाध्याय, महेश्वर महर्जन, राजन श्रेष्ठले स्वर्ण पदक प्राप्त गर्नुभएको थियो । यस्तै, राजेशबहादुर श्रेष्ठ, ईश्वर श्रेष्ठ, शंकरमान उदास, बाबुकाजी मानन्धर, प्रतापकाजी बरिया, दिनेश श्रेष्ठ, अनिललाल श्रेष्ठले रजत र सुरेश सुवेदी, रेणुका श्रेष्ठ, विनिता राई, सूर्यप्रसाद जोशी, विजयत्तमरत्न बज्राचार्यले कांस्य पदक प्राप्त गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *