नेपालका चार प्रतिनिधि एशियन महासंघमा निर्वाचित

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौँ । एशियन बडिविल्डिङ एण्ड फिजिक स्पोर्टस् फेडेरेशनको चुनावी साधारणसभामा नेपालका चार जना प्रतिनिधि विभिन्न पदमा चयन हुनुभएको छ ।

नेपाल शारीरिक सुगठन तथा फिटनेस महासङ्घको आयोजनामा काठमाडौँमा भइरहेको ५५औँ एशियन शारीरिक सुगठन तथा फिजिक स्पोर्टस् च्याम्पियनसिपअन्तर्गत एशियन बडिविल्डिङ एण्ड फिजिक स्पोर्टस् फेडेरेशनको चुनावी साधारणसभाले महासङ्घका अध्यक्ष राजेशबाबु श्रेष्ठलाई फेडेरेशनको कार्यकारी उपाध्यक्ष पदमा चयन गरेको हो ।

ADVERTISEMENT

यसैगरी महसङ्घका उपाध्यक्ष विजयलाल कायस्थलाई फेडेरेशनको उपाध्यक्ष, महासङ्घका सचिव दिनेश राजभण्डारीलाई प्राविधिक समितिको अध्यक्ष र महासङ्घको उपाध्यक्ष राजेश उपाध्यायलाई कार्यकारी सदस्यमा मनोनीत गरको महासङ्घका सचिव दिनेश राजभण्डारीले जानकारी दिनुभयो ।

सबै निर्वाचित सदस्यहरुको कार्याकाल चार वर्षको हुनेछ । नेपालमा आयोजना हुने एशियन शारीरिक सुगठन तथा फिजिक स्पोर्टस् च्याम्पियनसिपअघि साधारणसभा भएको हो । उक्त प्रतियोगिताको खेल भने भोलि हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *