टेबलटेनिसमा सुविन र सुप्रियालाई स्वर्ण

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । महान् सिद्धार्थका सुविन पोखरेल र सेन्ट लरेन्सकी सुप्रिया गुरुङले अन्तरविद्यालय टेबलटेनिस प्रतियोगितामा शुक्रबार स्वर्ण जित्नुभएको छ । सिंगल्स ब्वाइजमा सुविन तथा गल्र्समा सुप्रिया पहिलो हुनुभएको हो । प्रोग्रेसिभ एजुकेसनल फोरम (पिइएफ) द्वारा आयोजित प्रतियोगिताको ब्वाइज फाइनलमा सुविनले लभ्ली एन्जल्सका मुकेश खत्रीलाई ६-११, ११-७, १२-१०, ८-११ र ११-५ को सेटमा पराजित गर्नुभयो । दुर्गा भवानीका सहज दाहालले मोक्षदाका पदमबहादुर भट्टराईलाई २-० ले हराउँदै तेस्रो हुनुभयो ।

चाबहिलस्थित प्रायोजक सेन्ट लरेन्स स्कुलमा भएको प्रतियोगिताको गल्र्स फाइनलमा सुप्रियाले लभ्ली एन्जल्सकी मिङ्मा शेर्पालाई ११-८, ६-११, ९-११, ११-३ र ११-३ को सेटमा पाखा लगाउनुभयो । मोक्षदाकी सहारा गौतम तेस्रो हुनुभयो । सहाराले निमोनिककी सुजाता चौलागाईंलाई २-१ ले पन्छाउनुभयो ।

ADVERTISEMENT

विजेतालाई राष्ट्रिय टेबलटेनिस खेलाडी एलिना महर्जन, पिइएफकी अध्यक्ष सीता भट्टराई, सेन्ट लरेन्सका चेयरम्यान केशवप्रसाद दंगाल, सेन्ट लरेन्सका प्रिन्सिपल पुरुषोत्तम महर्जन, सेन्ट लरेन्सका भाइस प्रिन्सिपल उज्ज्वल सिंह, रेफ्री संयोजक नवीन सिंहलगायतले एक कार्यक्रमबीच पुरस्कृत गर्नुभयो ।

एकदिने प्रतियोगितामा विभिन्न १० विद्यालयका समान १०-१० ब्वाइज/गल्र्स गरी २० खेलाडीले सिंगल्स स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *