स्वदेशसहित एकसाथ विश्व बजारमा प्रदर्शन हुँदै ‘गणपति’

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । चलचित्र ‘गणपति’ स्वदेशसहित एकसाथ विश्व बजारमा प्रदर्शन हुने भएको छ । सेभेन सिज इन्टरटेनमेन्टले ‘गणपति’ विश्व बजारमा लैजान लागेको हो । नेपालमा १४ भदौदेखि सिनेमाघरमा यो चलचित्र आउँदै छ ।

‘गणपति’ क्यानडा, अमेरिका र युकेमा सेप्टेम्बर १ मा प्रदर्शन हुनेछ । मिडिल इस्ट, न्युजिल्याण्ड र अष्ट्रेलियाका हलमा १५ सेप्टेम्बरमा प्रदर्शन हुने पक्का भइसकेको छ भने अन्य देशको प्रदर्शन मिति केही दिनमै तय हुने निर्माण पक्षले जनाएको छ ।

ADVERTISEMENT

सविन अधिकारीको लेखन र निर्देशनमा बनेको चलचित्र ‘गणपति’ मा मुकुन भुसाल, मेनुका प्रधान, राजाराम पौडेल, सूर्यमाला खनाल, स्व. जयनन्द लामा, सुशील पोखरेल, प्रकाश घिमिरे, पुष्कर गुरुङ, अंशु मानन्धर, कविता न्यौपाने, देवेन्द्र बब्लु, कालु रानालगायतका कलाकारको अभिनय छ ।

रोनाल्ड श्रेष्ठ क्रिएटिभ हेड रहेको चलचित्रको प्रस्तुतकर्ता रामप्रसाद र निर्माता लक्ष्मण रिजाल हुनुहुन्छ । कार्यकारी निर्माता विज्ञान केसी र अरविन्द्र गिरी साथै सहनिर्मातामा चलचित्र सम्पादक वनिष शाह रहेको यो चलचित्रमा हरिबहादुर घलेको छायांकन र कविराज गहतराजको कोरियोग्राफर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?