लण्डन । इंग्ल्याण्डले न्युजिल्याण्डसँग हुने ओडिआई सिरिजका लागि आफ्नो टोलीमा स्टार अलराउण्डर बेन स्टोक्सलाई समेट्दै टोली घोषणा गरेको छ । बेन स्टोक्सले गत वर्ष जुलाईमा ओडिआई क्रिकेटबाट सन्न्यास लिए पनि विश्वकपलाई लक्षित गर्दै इंग्ल्याण्डले स्टोक्सलाई फेरि टोलीमा बोलाएको हो । विश्वकप आगामी अक्टोबर नोभेम्बरमा भारतमा हुँदैछ ।
इंग्ल्याण्ड र न्युजिल्याण्डबीच समान चार टी-२० आई र ओडिआई सिरिज हुनेछ । इंग्ल्याण्डको घोषित टोलीमा जस बटलर, मोइन अली, गस एटकिन्सन, जोनी बेयरस्टो, साम करन, लियाम लिभिङस्टोन, डेविड मलान, आदिल राशिद, जो रुट, जेसन रोय, बेन स्टोक्स, रिस टोप्ली, डेविड विल्ली, मार्क वुड र क्रिस वोक्स रहनुभएको छ ।
यस्तै, न्युजिल्याण्डसँग नै हुने ३ टी-२० आई खेलका लागि घोषित युएईको टोलीमा अनुभवी अलराउण्डर रोहन मुस्तफाले भने स्थान बनाउन सक्नुभएन ।
युएईको टोलीमा मोहम्मद वासिम, अली नासिर, अंश टन्डन, अर्यांश शर्मा, आसिफ खान, आयन खान, बासिल हामिद, एथान डि सोल्झा, मोहम्मद फराजुदीन, जेश जियानानी, जुनैद सिद्दिक, लवप्रित सिंह, मोहम्मद जवादुल्लाह, सञ्चित शर्मा, वृत्य अरविन्द र जहुर खान रहनुभएको छ ।
न्युजिल्याण्डले यसअघि नै आफ्नो टोली घोषणा गरिसकेको छ । न्युजिल्याण्डको टोलीमा टिम साउथी (कप्तान), आदी अशोक, चाद बोवेस, मार्क च्यापम्यान, डेन क्लेभर, जाकोब डफी, डेन फक्सक्रोफ्ट, काइल जेमिसन, बेन लिस्टर, कोल म्याकोन्ची, जेमी निशम, रचिन रविन्द्र, मिचेल सान्टनार, टिम सिफर्ट र विल योंग रहनुभएको छ । एजेन्सी ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts