रोनाल्डोको दुई गोलमा अल नासर च्याम्पियन

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

साउदी । क्रिस्टियानो रोनाल्डोको सानदार प्रदर्शन मद्दतमा साउदी क्लब अल नासरले अरब च्याम्पियन्स कपको उपाधि जितेको छ ।

साउदीकै अल हिलालमाथि अतिरिक्त समयमा २–१ को पूनरागमन जित निकाल्दै अल नासर च्याम्पियन बनेको हो ।

ADVERTISEMENT

अल नासरलाई च्याम्पियन बनाउन रोनाल्डोले दुई गोल गर्नुभयो भने अल हिलालका माइकलको एक गोल फर्काउनुभयो । खेलको ५१औं मिनेटमा माइकलको गोलबाट अल नासरले अग्रता लियो । उहाँले माल्कोमको पासमा गोल गर्नुभयो ।

७४औं मिनेटमा रोनाल्डोले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याउनुभयो । त्यसपछि निर्धारित समयमा थप गोल निस्कन नसक्दा खेल अतिरिक्त समयमा लम्बियो । ९८औं मिनेटमा रोनाल्डोले गोल गर्दै अल नासरलाई २–१ को पूनरागमन जित निकाल्दै च्याम्पियन बनाउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *