काठमाडौं । कोरियामा सम्पन्न विश्व स्योङ्नाम हान्मादाङ अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा नन्दा बस्यालले स्वर्णपदक जित्नुभएको छ । राष्ट्रिय खेलकुद परिषद् राखेपकी कार्यकारी बोर्ड सदस्यसमेत रहनुभएकी नन्दाले फाइनलमा इरानका खेलाडीलाई हराउँदै स्वर्णपदक जित्नुभएको हो ।
नन्दाले साइड ब्याककिक ब्रेकिङ विधाको सिनियर मास्टरमा पहिलो स्थान हात पार्नुभयो । ५७ राष्ट्र सहभागी प्रतियोगितामा नेपालबाट नन्दासहितका खेलाडी सहभागी छन् ।
पदक जितिसकेपछि खुसी व्यक्त गर्दै नन्दाले देशका लागि स्वर्ण जित्ने आफ्नो चाहना पूरा भएको प्रतिक्रिया दिनुभयो । उहाँले आफ्नो मिहिनेतको फल मिलेको बताउँदै आगामी दिनमा थप मिहिनेत गर्ने प्रतिक्रिया दिनुभयो ।






