सुन तस्करी प्रकरणमा चीन जान लागेका चिनियाँ नागरिक विमानस्थलबाट पक्राउ

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । करिव सय केजी सुन तस्करी प्रकरणमा चिनियाँ नागरिक त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् ।
जिक्वान लिनलाई पक्राउ गरिएको त्रिभुवन विमानस्थल स्रोतले जनाएको छ । एक क्विन्टल सुन तस्करीमा लिनको भूमिका देखिएको बुझिएको छ ।

उनी तिब्बत एयरमार्फत चीन जान लागेका थिए । राजस्व अनुसन्धान विभागले अध्यागमन विभागलाई रोक्न पत्राचार गरेपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।

ADVERTISEMENT

उनलाई विभागको जिम्मा लगाइएको विमानस्थल स्रोतले जनाएको छ । उनीसँगै सुन तस्करी प्रकरणमा अर्का एक जना नेपाली पनि पक्राउ परेको स्रोतले बतायो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *