सावित्राको गोलमा नेपालको बराबरी

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

काठमाडौं । स्टार फरवार्ड सावित्रा भण्डारीले खेलको इन्जुरी समयमा गोल गर्दै नेपाललाई पहिलो मैत्रीपूर्ण खेलमा बंगलादेशसँग हारबाट जोगाउनुभएको छ । बंगलादेशमा बिहीबार भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपालले बंगलादेशसँग १–१ गोलको बराबरी खेलेको हो ।

ढाकास्थित वीरश्रेष्ठ सहिद सिपाही मोहम्मद मुस्तफा कमल रंगशालामा भएको खेल पहिलो हाफमा बराबरीमा सकिएको थियो । दोस्रो हाफमा दुवै टोलीले एक/एक गोल गरे । खेलको ६५ औं मिनेटमा सबिना खातुनको गोलमा बंगलादेशले अग्रता लियो । निर्धारित समयमा पनि नेपालले कुनै गोल फर्काउन सकेको थिएन ।

तर हारतर्फ उन्मुख नेपाललाई सावित्रा भण्डारीलाई बचाउनुभयो । उहाँले थपिएको समयमा गोल गर्दै नेपाललाई बराबरीमा ल्याउनुभयो । गत वर्ष भदौमा काठमाडौंमा सम्पन्न साफ च्याम्पियनसिपको फाइनलपछि नेपाल र बंगलादेशले एक अर्काको सामना गरेका हुन् ।

ADVERTISEMENT

अब दोस्रो खेल असार ३१ गते हुनेछ । बंगलादेशबाट फर्केपछि महिला टोली पुनः एयिसाली खेलकुदको तयारीमा जुट्नेछ । नेपाली महिला फुटबल टोलीको गोलकिपरमा एन्जिला तुम्बापोा सुब्बा (कप्तान), अन्जना राना मगर, उषा नाथ, डिफेन्डरमा अमृता जैसी, गिता राना, हिराकुमारी भुजेल, पुजना राना, विमला विके, निशा थोकर, समिक्षा घिमिरे, अन्जली वाइवा हुनुहुन्छ ।

यस्तै मिडफिल्डरमा रेनुका नगरकोटे, सरु लिम्बु विमला चौधरी, अनिता बस्नेत, प्रिति राई र दीपा शाही फरवार्डमा सावित्रा भण्डारी, अनिता केसी, सविता राना मगर, रश्मीकुमारी घिसिङ, अमिषा कार्की, रेखा पौडेल हुनुहुन्छ । यस्तै प्रशिक्षकमा अनन्त राज थाप (मुख्य प्रशिक्षक), पारस चौधरी (सहायक प्रशिक्षक), सुरजकुमार लामा (गोलकिपर प्रशिक्षक) हुनुहुन्छ ।

बंगलादेशविरुद्ध हुने दुई मैत्रीपूर्ण खेललाई साफ च्याम्पियनसिपको फाइनलमा भोगेको हारको बदला लिने मौकाका रुपमा लिएको नेपाली महिला राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अनन्तराज थापाले बताउनुभयो । गत वर्ष फाइनलमा दशरथ रंगशालामा नेपाललाई ३–१ ले हराउँदै बंगलादेश पहिलो पटक महिला साफ च्याम्पियनसिपको विजेता बनेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *