थापा दाजुभाइ मदन स्मृति ब्याडमिन्टनको सेमिफाइनलमा

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । कमल थापा र गणेश थापाको जोडी मदन स्मृति ब्याडमिन्टन प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । ललितपुरस्थित रिभाइभ रिक्रियसन सेन्टरमा मंगलबार भएको प्रतियोगितामा थापा दाजुभाइले पञ्चबहादुर गुरुङ र ठाकुर गैरेको जोडीलाई २१-८, २१-१४ ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाउनुभएको हो ।

अब थापा दाजुभाइले उपाधिका लागि पूर्व मुख्यमन्त्री राजेन्द्रकुमार राई र लिलबहादुर थापाको जोडीसँग प्रतिस्पर्धा गर्नुहुनेछ । राई र थापाको जोडीले राजकाजी महर्जन र प्रकाश रावलको जोडीलाई २१-४, १७-२१, २१-११ ले पराजित गर्दै सेमिफाइनलमा थापा दाजु भाइसँगको भेट पक्का गरेको हो ।

ADVERTISEMENT

जननेता मदन भण्डारीको ७२औँ जयन्तीको अवसरमा नेकपा एमाले निकट संस्था नेपाल खेलकुद महासंघको तत्वावधान तथा नेकोस राष्ट्रिय ब्याडमिन्टन संघको आयोजनामा भएको प्रतियोगिताको अर्को खेलमा नवराज सिलवाल र भानुभक्त ढकालको जोडीले जित शेरचन र प्रदिप पौडेलको जोडीलाई २१-८, २१-९ ले पराजित गर्दै सेमिफाइनलमा दिलमान पाख्रिन र यज्ञराज सुनुवारको जोडीसँगको भेट पक्का गरेको हो ।

दिलमान र यज्ञको जोडीले कर्ण थापा र एलबी साँवा लिम्बूको जोडीलाई २१-१९, १४-२१, २१-१४ ले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो । प्रतियोगितामा संविधानसभा सदस्य, भूपू तथा वर्तमान राष्ट्रियसभा, प्रतिनिधिसभा र प्रदेशसभा सदस्य एवं मन्त्री गरी ६४ जोडीको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *