मनिताले एसियन जुडो च्याम्पियनसिप खेल्ने

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । मनिता श्रेष्ठ प्रधानले चाइनिज ताइपेमा हुने ताइपे एसियन जुडो ओपन च्याम्पियनसिप खेल्ने हुनुभएको छ । जुन १ र २ गते ताइपेमा हुने च्याम्पियनसिपमा नेपालकी मनिता श्रेष्ठले प्रतिस्पर्धा गर्ने हुनुभएको हो ।

नेपाल ओलम्पिक कमिटीबाट एनओसी छात्रवृत्तिमा प्रशिक्षण गरिरहेकी मनितालाई एनओसी अध्यक्ष जीवनराम श्रेष्ठले बुधबार एक कार्यक्रमका बीच बिदाइ गर्नुभयो । मनितासँगै प्रशिक्षक तथा ओलम्पियन देवु थापा र जुडो संघका अध्यक्ष दिपकहर्ष बज्राचार्यले समेत ताइपे च्याम्पियनसिपमा सहभागिता जनाउनेछन् ।

ADVERTISEMENT

एनओसी अध्यक्ष श्रेष्ठले चोटबाट जोगिँदै अनुशासित ढंगले प्रतियोगितामा उत्रन मनितालाई शुभकामना दिनुभयो । उहाँले जुडो संघले राम्रा खेलाडी उत्पादन गरिरहेको भन्दै नेतृत्वको प्रशंसा गर्नुभएको थियो । कार्यक्रममा एनओसी सिइयो चतुरानन्द वैद्य, उप-महासचिव पिताम्बर तिम्सिना, बास्केटबल संघका अध्यक्ष भीमसिंह गुरुङसमेत उपस्थित हुनुहुन्थ्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *