पब्जी टोली मकाउ प्रस्थान

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । पब्जी मोबाइलमा सहभागी हुन पाँच सदस्यीय नेपाली टोली मकाउ प्रस्थान गरेको छ । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव टंकलाल घिसिङ र सदस्य अञ्जन धमलाले एक कार्यक्रमका बीच बिदाइ गर्नुभयो ।

सुविनकुमार प्रजापती (रुल्ज) को नेतृत्वमा जाने टोलीका अन्य खेलाडीमा साहस भण्डारी (किलर वाइटी), समिर गुरुङ (ग्यान्टे), दिपेश गुरुङ (डेल्टा) र संगिन भट्टराई (साङ) रहनुभएको छ । एसियाली खेलकुदको छनोटका रूपमा समेत रहेको पब्जी मोबाइलमा २४ टिमको सहभागिता रहने बताइएको छ । पब्जी मोबाइल जुन २३ देखि २६ तारिखसम्म हुनेछ ।

ADVERTISEMENT

कार्यक्रमलाई सम्बोधन गर्दै सदस्य–सचिव घिसिङले नेपालमा पनि इ-स्पोर्ट्सको लोकप्रियता बढ्दै गएको धारणा व्यक्त गर्दै परिषद्मा दर्ता भएका अन्य खेलसरह यो खेललाई पनि अभिभावकत्व प्रदान गर्ने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *