काठमाडौं । आज नेपाल र हङकङबीचमा प्रतिस्पर्धा हुँदैछ ।
एसीसी वुमन्स इमर्जिङ कपको तेस्रो खेलमा नेपाली महिला क्रिकेट टोलीले हङकङसँग प्रतिस्पर्धा गर्न लागेको हो ।
सो खेल नेपाली समयअनुसार बिहान ६ः४५ बजे हङककमा सुरु हुनेछ ।
प्रतियोगिताको समूह ‘ए’ मा रहेको नेपाल पहिलो खेलमा हारेको थियो भने दोस्रो खेलमा अंक बाँडेको थियो । पहिलो खेलमा पाकिस्तानसँग हार बेहोरेको नेपालले दोस्रो खेलमा भने भारतसँग अंक बाँडेको थियो ।
पानी परेका कारण खेल हुन नसके पछि अंक बाँडेको नेपालसँग हालसम्म अंक १ रहेको छ ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts