एसपिए सुदूरपश्चिम स्पोर्ट्स अवार्डलाई सञ्जीवनी अस्पतालको साथ

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 6 mins

धनगढी । ‘एसपिए सुदूरपश्चिम स्पोर्ट्स अवार्ड २०७९’ मा धनगढीमा रहेको सञ्जीवनी अस्पताल जोडिएको छ । धनगढीको अस्पताल लाइन र राष्ट्र बैंकछेउमा सञ्चालनमा रहेको सञ्जीवनी अस्पतालले विधा प्रायोजन गरेर साथ दिएको हो । सञ्जीवनी अस्पतालले वर्ष खेलाडी पुरुष विधालाई प्रायोजन गरेको हो । यो विधाको नाम अब सञ्जीवनी अस्पताल वर्ष खेलाडी पुरुष रहनेछ । प्रायोजनसम्बन्धी सम्झौतापत्रमा सञ्जीवनी अस्पतालका अध्यक्ष दुष्यन्त बस्नेत र नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका अध्यक्ष प्रदीप पाठकले हस्ताक्षर गर्नुभयो ।

सम्झौतापछि प्रतिक्रिया दिँदै अस्पतालका अध्यक्ष बस्नेतले अवार्डसँग जोडिन पाउँदा खुसी लागेको र आगामी दिनमा पनि सहयोग गर्ने बताउनुभयो । उहाँले आफूहरू पनि स्वास्थ्य क्षेत्रमा सक्रिय रहँदै आएको अवस्थामा सामाजिक उत्तरदायित्व मानेर देशका गहना मानिने खेलकुदकर्मीहरूलाई सम्मान गरिने कार्यक्रममा जोडिएको बताउनुभयो ।

धनगढीको सेती प्रादेशिक अस्पतालछेउमै सञ्चालनमा रहेको सञ्जीवनी अस्पतालले गत साउनदेखि विशेषज्ञ सेवा दिँदै आएको छ । १५ बेडको अस्पतालले विशेषज्ञ सेवाहरू दिन थालेपछि बिरामीहरू पनि लाभान्वित भएका छन् । ८ करोडको लगानीमा सुरुवात गरिएको अस्पतालको शøयासँगै लगानी बढाएर सेवाहरू विस्तारको काम पनि थालिसकेको छ । सेती प्रादेशिक अस्पतालछेउका साथै विशेषज्ञसहितका सेवाहरू थपेर नेपाल राष्ट्र बैंकछेउमा पनि अस्पतालका सेवाहरू सुचारु गरिएको छ ।

दुई ठाउँमा सञ्चालनमा ल्याइएको सञ्जीवनी अस्पतालले ६ प्रकारका विभिन्न सेवाहरूसहित स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । आमा सुरक्षा कार्यक्रमलाई अस्पतालले पहिलो प्राथमिकतामा राखेर सेवा दिइरहेको छ । आमा र शिशुको अलग्गै विभाग बनाएर स्वास्थ्य सेवालाई थप गुणस्तरीय र प्रविधिमय बनाउँदै लगेको अस्पतालको दाबी रहेको छ । महिला तथा बालरोग विशेषज्ञ सेवाका लागि आइसियू र एनआइसियू छुट्टाछुट्टै रूपमा अस्पतालमा रहेको छ ।

ADVERTISEMENT

अन्य विशेषज्ञ सेवाहरू दिनका लागि आवश्यक सबै जनशक्तिहरू अस्पतालमा पर्याप्त रहेका छन् । अस्पताललाई ५० बेडका रूपमा सञ्चालन गर्ने तयारी गरिएको छ । त्यसका लागि आवश्यक मापदण्डहरू पूरा गर्दै निर्देशिकाअनुसार नै सञ्चालनका लागि अस्पतालले गृहकार्य गरिरहेको छ । कुनै समय सामान्य उपचारका लागि अन्यत्र जानुपर्ने अवस्था अन्त्य भएको स्थितिमा अब अन्यत्रभन्दा पनि गुणस्तरीय स्वास्थ्य सेवालाई सञ्जीवनी अस्पतालले पनि आत्मसात गरिसकेको छ । आगामी दिनमा थप सेवाहरूलाई पनि अगाडि बढाउँदै लैजाने योजना अस्पताल सञ्चालकहरूको रहेको छ ।

चौथो संस्करणको ‘एसपिए सुदूरपश्चिम स्पोर्ट्स अवार्ड २०७९’ मार्फत् वर्ष २०७९ मा उच्च प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सफल खेलाडी र प्रशिक्षक गरी विभिन्न ८ विधामा अवार्ड प्रदान गरिनेछ । उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड, लाइफ टाइम एचिभमेन्ट अवार्ड, सुदूरपश्चिम आइकन महिला र पुरुष विधामा अवार्ड प्रदान गरिने भएको हो । उत्कृष्ट खेलाडी पुरुष र महिला विधाका विजेतालाई ३५/३५ हजार, उत्कृष्ट प्रशिक्षकलाई ३० हजार, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड र लाइफ टाइम एचिभमेन्ट अवार्डका विजेतालाई २५/२५ हजार नगदबाट पुरस्कृत गरिने आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले जनाएको छ । यस्तै सुदूरपश्चिम आइकन महिला र पुरुष विधाका विजेतालाई नगद २० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।

‘चौथो एसपिए सुदूरपश्चिम स्पोर्ट्स अवार्ड २०७९’ लाई सुदूरपश्चिमाञ्चल एकेडेमीले मुख्य प्रायोजन गरेको छ । मुख्य सहप्रायोजकमा धनगढीको स्वस्तिक अस्पताल रहेको छ । अवार्डको वर्ष खेलाडी पुरुष विधालाई सञ्जीवनी अस्पताल, युवा वर्ष खेलाडी विधालाई निसर्ग हस्पिटल, स्पेसल अवार्डलाई शौभाग्य हस्पिटल, लाइफ टाइम एचिभमेन्ट अवार्डलाई गरिमा पोलिक्लिनिक एण्ड गरिमा डेण्टल, वर्ष प्रशिक्षक विधालाई सारथि अस्पताल, सुदूरपश्चिम आइकन पुरुष विधालाई माया मेट्रो हस्पिटल र सुदूरपश्चिम आइकन महिला विधालाई सिटी पोलिक्लिनिकले प्रायोजन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *