काठमाडौं । चीनको होङझावमा हुने १९औँ एसियाली खेलकुदका लागि टेबल टेनिस खेलाडीको छनोट पूरा भएको छ । समान दुई-दुई पुरुष/महिला गरी चार खेलाडीको अन्तिम छनोट गरिएको अखिल नेपाल टेबल टेनिस संघका प्रथम उपाध्यक्ष धर्ममान बज्राचार्यले जनाउनुभएको छ ।
पुरुषमा संयोग कपाली र रुविन महर्जन तथा महिलामा नविता श्रेष्ठ र शिखा सुवाल श्रेष्ठले एसियाड सहभागिता पक्का गर्नुभयो । लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा भएको छनोट प्रतिस्पर्धामा पुरुष/महिलामा समान ६-६ खेलाडी सहभागी थिए । एसियाली खेलकुद असोज ६ गतेदेखि सुरु हुँदैछ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता