सकिँदै ‘ए’ डिभिजन लिग : आज तीन खेल हुँदै, सिजनको बिजेता चर्च ब्वाईज

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता आजबाट सकिँदैछ ।

अखिल नेपाल फुटबल संघ एन्फाले गत वैशाख १० गते लिगको दोस्रो लेगको खेलतालिका सार्वजनिक गर्ने क्रममा घोषणा गरे अनुसार आजबाट लिग सकिन लागेको हो ।

पहिलो पटक ‘ए’ डिभिजन खेल खेलेको चर्च ब्वाईज लिग खेल सकिनु अगाबै लिग बिजेता भइसकेको छ भने मच्छिन्द्र क्लब अंक तालिका अनुसार दोस्रो स्थानमा छ । तेस्रो स्थानमा नेपाल पुलिस क्लब रहेको छ ।

जस अनुसार लिगको १४ औं देखि २६औं चरणसम्मको खेल वैशाख १९ देखि सुरु भई आजसम्म हुनेछन् ।

ADVERTISEMENT

लिग फुटबलअन्तर्गत आज तीन खेलहरू हुँदैछन् । जसमा दुई खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । त्यस्तै एक खेल च्यासल मैदानमा हुनेछ ।

दशरथ रंगशालामा हुने पहिलो खेलमा मछिन्द्र फुटबल क्लब र मनाङ मर्स्याङ्दी क्लबबीच प्रतिस्पर्धा हुनेछ । मछिन्द्र र मनाङबीचको खेल दिउँसो २ बजे सुरु हुनेछ ।

रंगशालामा हुने दोस्रो खेलमा जावलाखेल युथ क्लब र थ्री स्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ । जावलाखेल र थ्री स्टारबीचको खेल दिउँसो ५ः३० बजे सुरु हुनेछ ।

यस्तै च्यासलमा संकटा क्लब र न्युरोड टिम एनआरटीबीच प्रतिस्पर्धा हुनेछ । संकटा र एनआरटीबीचको खेल दिउँसो २ बजे सुरु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
1 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *