‘ए’ डिभिजन लिग फुटबल, आज चार खेल हुँदै

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । शहीद स्मारक लिग फुटबलमा आज चार खेल हुँदैछन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार च्यासल मैदान र एन्फा कम्प्लेक्समा एक एक खेल हुनेछ भने दशरथ रंगशालामा दुई खेल हुनेछ ।

एन्फा कम्प्लेक्स, सातदोबाटोमा हुने खेलमा खुमलटार र चर्च ब्वाईज एक आपसमा भिडनेछन् । सो खेल दिउँसो ३ बजेबाट सुरु हुनेछ ।

ADVERTISEMENT

च्यासल मैदान, ललितपुरमा हुने खेल भने नेपाल पुलिस क्लब र सातदोबाटो युथ क्लब बिचमा हुनेछ, सो खेल पनि दिउँसो ३ बजेबाट सुरु हुनेछ ।

उता, त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा एपीएफ फुटबल क्लब र फ्रेन्डस क्लबका बिचमा प्रतिस्पर्धा हुनेछ । सो खेल ३ बजेबाट सुरु हुने जनाईएको छ ।

रंगशालामा हुने दोस्रो खेल भने साँझ ६ बजेबाट सुरु हुनेछ । सो खेलमा त्रिभुवन आर्मी क्लब र हिमालयन शेर्पा आमुने सामुने हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
1 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *