काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलअन्तर्गत आज(बुधबार) तीन खेलहरू हुँदैछन् ।
दोस्रो लेगको १२ औं चरणअन्तर्गत आज तीन खेलहरू हुनेछन् । जसमा दुई खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । त्यस्तै एक खेल च्यासल मैदानमा हुनेछ ।
दशरथ रंगशालामा हुने पहिलो खेलमा हिमालयन शेर्पा क्लब र मछिन्द्र फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । हिमालयन र मछिन्द्रबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ ।
रंगशालामा हुने दोस्रो खेलमा संकटा क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ । संकटा र फ्रेन्ड्सबीचको खेल साँझ ६ बजे सुरु हुनेछ ।
यस्तै च्यासलमा मनाङ मर्स्याङ्दी क्लब र न्युरोड टिम (एनआरटी) बीच प्रतिस्पर्धा हुनेछ । मनाङ र एनआरटीबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ ।







Breaking news with related posts