मलेसियासँगको श्रृंखला उपाधि नेपाललाई

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । मलेसियासँगको टी-२० क्रिकेट श्रृंखलाको उपाधि नेपालले जितेको छ ।

आइतबार भएको पाँचौँ तथा अन्तिम खेलमा नेपालले घरेलु टोली मलेसियालाई ३ विकेटले हराएसँगै उपाधि आफ्नो पक्षमा पार्न सफल भएको हो ।  नेपालले श्रृंखला ३-२ ले जितेको हो ।

यसअघि नेपालले सन् २०२१ मा कतारविरुद्धको श्रृंखला जितेको थियो । त्यसपछि पहिलोपटक मलेसियासँगको श्रृंखला जितेको हो ।

ADVERTISEMENT

आइतबार मलेसियाले दिएको ११० रनको लक्ष्य नेपालले ४ बल बाँकी छँदा नै ७ विकेट गुमाएर भेट्टाएर उपाधि चुमेको हो । नेपालका लागि सीता राना मगरले ३७ बलमा ६ चौकाको मद्दतले ३४ रन जोडिन् भने रुबिना क्षेत्रीले २३ तथा अप्सरी बेगमले १५ रन बनाइन् ।

मलेसियाका लागि अइना हमिजा हसिमले सर्वाधिक २ विकेट लिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?