फुटबल टोलीको बन्द प्रशिक्षण स्थगित

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 5 mins

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षण स्थगित गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले बिहीबार एक विज्ञप्ति निकाल्दै राष्ट्रिय टिमको बन्द प्रशिक्षण स्थगित गरिएको जनाएको हो । भारतमा आयोजना हुने १४औं संस्करणको पुरुष साफ च्याम्पियनसि तथा त्यसअघि हुने फिलिपिन्ससँगको मैत्रीपूर्ण खेलका लागि बिहीबारदेखि राष्ट्रिय टोलीको प्रशिक्षण सुरु भएको थियो । क्लबहरूले खेलाडी नछोड्ने भएपछि बन्द प्रशिक्षण स्थगित गरिएको हो ।

शहीद स्मारक ‘ए’ डिभिजन लिग खेलिरहेका १० क्लबले लिग सकिएपछि मात्र आफ्ना खेलाडीलाई राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा पठाउने निर्णय गरेका थिए । त्यसै निर्णयका काण एन्फा बन्द प्रशिक्षण रोक्न बाध्य भएको हो ।

क्लबहरूले भने एन्फाले दोस्रो किस्ताको तयारी खर्च, खेलको म्याच मनि, म्याच बल, खेलाडीले पाउनुपर्ने म्यान अफ दि म्याच रकम एन्फाले प्रदान गरेको भन्दै खेलाडीलाई रोकेका हुन् । एन्फाले शुक्रबारको प्रशिक्षण पश्चात प्रशिक्षण स्थगित हुने जनाएको हो ।

नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले मंगलबार ३० सदस्यीय प्रारम्भिक टोलीको घोषणा गर्नुभएको थियो । बन्द प्रशिक्षणका लागि घोषित नेपाली टोलीको गोलकिपरमा किरण चेम्जोङ, दीप कार्की, विशाल श्रेष्ठ, डिफेन्डरमा विमल पाण्डे, सनिश श्रेष्ठ, अनन्त तामाङ, देवेन्द्र तामाङ, निशान्त खड्का, आशिष गुरुङ, विक्रम लामा, रोहित चन्द, सिमान्त थापा, अञ्जल महर्जन रहनुभएको छ ।

ADVERTISEMENT

यस्तै, मिडफिल्डरमा पुजन उपरकोटी, एरिक विष्ट, नवीन लामा, मणिकुमार लामा, सुदीप गुरुङ, लाकेन लिम्बु, आभास लामिछाने, विशाल तामाङ, फरवार्डमा आयुष घलान, नवयुग श्रेष्ठ, दीपकराज सिंह ठकुरी, अञ्जन विष्ट, मनिष डाँगी, आशिष चौधरी, विमल घर्तीमगर, जिलेस्पीजंग कार्की, दिनेश हेञ्जन रहनुभएको छ ।

साफ च्याम्पियनसिप असार ६ देखि १८ गतेसम्म भारतको बेंगलुरुमा हुँदैछ । यस्तै नेपालले साफको तयारीका लागि जेठ ३२ गते मैत्रीपूर्ण खेल खेल्दैछ । साफमा नेपाल समूह ‘ए’ मा छ । नेपालको समूहमा साविक विजेता भारत, कुवेत र पाकिस्तान छ । समूह ‘बी’मा लेबनान, माल्दिभ्स, भुटान र बंगलादेश रहेको छ ।

यस संस्करणको च्याम्पियनसिपमा नेपालसहित आयोजक भारत, बंगलादेश, कुवेत, लेबनान, भुटान, पाकिस्तान, माल्दिभ्सले सहभागिता जनाउने निश्चित भएको छ । फिफाको प्रतिबन्धका कारण यस संस्करण श्रीलंकाले खेल्ने छैन् । तर, कुवेत र लेबनानले आमन्त्रित टोलीको रूपमा खेल्ने छन् ।

सार्वजनिक खेल तालिका अनुसार साफको उद्घाटन खेलमा नेपाल र कुवेतबीच प्रतिस्पर्धा हुनेछ । असार ६ गते हुने नेपाल र कुवेतबीच उक्त खेल हुनेछ । दोस्रो खेलमा नेपालले ९ असारमा आयोजक भारतसँग खेल्नेछ । तेस्रो तथा समूह चरणको अन्तिम खेलमा १२ असारमा पाकिस्तानविरुद्ध खेल्नेछ । माल्दिभ्समा आयोजना भएको १३औं साफ च्याम्पियनसिपमा नेपाल उपविजेता बनेको थियो । नेपाल उपाधि भिडन्तमा भारतसँग तीन-शून्यले पराजित भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *