‘ए’ डिभिजन लिग : आज तीन खेल हुँदै

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलअन्तर्गत आज (बिहीबार) तीन खेलहरू हुँदैछन् ।

दोस्रो लेगको दशौँ चरणअन्तर्गत आज हुने खेलहरूमध्ये एक खेल च्यासल मैदान र दुई खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।

च्यासल खेल मैदानमा हुने पहिलो खेलमा फ्रेन्डस क्लब र हिमालयन शेर्पाका बीचमा प्रतिस्पर्धा हुनेछ । जुन खेल दिउँसो ३ बजेबाट सुरु हुनेछ ।

ADVERTISEMENT

दशरथ रंगशालामा दिउँसो ३ बाट सुरु हुने पहिलो खेलमा न्युरोड टिम र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

यसैगरी, रंगशालामा नै हुने दोस्रो खेलमा मनाङ मस्र्याङदी र खुमलटार एक आपसमा आमुने सामुने हुनेछ । जुन खेल साँझ ६ बजेबाट सुरु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
1 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *