एसियाडका लागि ४० सदस्यीय महिला फुटबल टोली प्रशिक्षणमा

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

काठमाडौं । एसियन खेलकुदको तयारीका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा) सँग समन्वय गर्दै राष्ट्रिय महिला फुटबल टोलीलाई प्रशिक्षणमा बोलाएको छ । १९औँ एसियन गेम्स (एसियाड) का लागि राखेपले पहिलो चरणमा ४० जना खेलाडीलाई प्रशिक्षणमा डाकेको हो ।

४० सदस्यीय टोलीमा केही नयाँ खेलाडीले स्थान बनाउँदा चोटका कारण राष्ट्रिय टोलीबाहिर रहनुभएका पुनम जर्घामगर र सावित्रा भण्डारीले भने पुनरागमन गर्नुभएको छ । सावित्राको २०७७ फागुन ३ गते महिला लिगका दौरान घुँडामा चोट लागको थियो भने गत भदौमा पुनमको मुटुमा समस्या देखिएपछि राष्ट्रिय टोलीबाट बाहिर हुनुहुन्थ्यो ।

ADVERTISEMENT

प्रशिक्षणको सुरुवात मंगलबारदेखि भएको छ । राष्ट्रिय महिला लिगको पहिलो चरण र साफ यु-१९ च्याम्पियनसिपलाई आधार मानेर एसियन खेलकुदका लागि खेलाडी छनोट गरेको राखेपकी महिला फुटबल टोलीकी प्रशिक्षक अरुणा गुरुङले बताउनुभयो ।

प्रारम्भिक चरणमा छनोट भएका खेलाडीमा एञ्जिला तुम्बापो सुब्बा, अञ्जना राना मगर, उषा नाथ, कविता विक, अमृता जैसी, गीता राना, पुनम जर्घामगर, हिराकुमारी भुजेल, पुना राना, विमला विक, सिर्जना सिंह, निशा थोकर, सलोनी रानामगर, सिर्जना चेम्जोङ, समिक्षा घिमिरे, रेनुका नगरकोटे, सरु लिम्बू, विमला चौधरी, अनिता बस्नेत, प्रीति राई, दीपा राई, इन्दिरा राई, मञ्जलीकुमारी योञ्जन, निर्मला उपाध्याय, दीपा शाही, हिमा चौधरी, बिर्सना चौधरी, सरस्वती ऐर, सुमित्रा सिंह पाख्रिन, सावित्रा भण्डारी, अनिता केसी, सरस्वती रोकाया, निर्मला विक, सविता रानामगर, रश्मीकुमारी घिसिङ, रजनी थोकर, चन्द्रा भण्डारी, अमिसा कार्की, रेखा पौडेल, कुसुम खतिवडा रहनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?