‘ए’ डिभिजन लिग : आज दुई खेल हुँदै

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलअन्तर्गत आज दुई खेलहरू हुँदैछन् । दुबै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछन् ।

रंगशालामा हुने पहिलो खेलमा त्रिभुवन आर्मी फुटबल क्लब र जावालाखेल युथ क्लब बीचमा प्रतिस्पर्धा हुनेछ । जुन खेल दिउँसो ३ बजेबाट सुरु हुनेछ ।

आर्मी आठौं जितको योजनामा छ । आर्मी २२ खेलमा ३० अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।

जावलाखेल दशौँ जितको खोजीमा रहेको छ । जावलाखेल २२ खेलमा ३४ अंक जोडेर तेस्रो स्थानमा छ ।

ADVERTISEMENT

यसैगरी, रंगशालामा नै हुने दोस्रो खेलमा भने एपीएफ फुटबल क्लब र चर्च ब्वाईज आमुने सामुने हुनेछन् । सो खेल भने साँझ ६ बजेबाट सुरु हुनेछ ।

एपीएफ नवौं जितको खोजीमा छ । एपीएफ २२ खेलमा २९ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।

चर्च ब्वाइज भने ११ औं जित निकाल्न चाहन्छ । चर्च ब्वाइज २२ खेलमा ३८ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
1 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *