आईपीएल उपाधि भिडन्त आज, गुजरात र चेन्नई आमनेसामने

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) फाइनलमा आज चेन्नई सुपर किंग्स र गुजरात टाइटन्सबीच भिडन्त हुँदैछ ।

अहमदावादको नरेन्द्र मोदी स्टेडियममा नेपाली समय अनुसार साँझ ७ः४५ बजेदेखि खेल सुरु हुनेछ ।

चेन्नईले पहिलो क्वालिफायरमा गुजरातलाई पराजित गर्दै फाइनलमा पुगेको थियो । पहिलो क्वालिफायरमा पराजित भएको गुजरातले दोस्रो क्वालिफायरमा मुम्बई इण्डियन्सलाई हराउँदै फाइनलको यात्रा तय गरेको हो ।

चेन्नई र गुजरात अहिलेसम्म आईपीएलमा चार पटक आमने सामने भएका छन् । जसमा गुजरातले तीन पटक जितेको छ भने चेन्नईले एक पटक जितेको छ । चेन्नईले यसै सिजनको पहिलो क्वालिफायरमा गुजरातलाई पराजित गरेको थियो ।

यसअघि २०२२ को सिजनको लिग चरणमा दुई र यस आईपीएलको लिग चरणमा एक पटक गुजरातले चेन्नईलाई पराजित गरेको थियो ।

ADVERTISEMENT

गएको वर्ष पहिलो पटक आईपीएल खेलेको पहिलो वर्ष नै गुजरातले उपाधि जितेको थियो । चार पटकको विजेता चेन्नईले आईपीएलमा फाइनल खेल्न लागेको यो दशौँ पटक हो।

यस सिजनको आईपीएल विजेता टोलीले २० करोड भारु नगद पुरस्कार पाउने छ। त्यस्तै उपविजेता टोलीले १३ करोड भारु दिइनेछ। त्यसैगरी तेस्रो र चौथो हुने टोलीले पनि सात/सात करोड रुपैयाँ पाउनेछन्।

आईपीएलको इतिहासमा मुम्बई इण्डियन्सले पाँच, चेन्नईले चार, कोलकोताले दुई पटक उपाधि जितेका छन् । त्यस्तै राजस्थान रोयल्स, सनराइजर्स हैदरावाद, डेकन चार्जर्स र गुजरात टाइटन्सले एक एक पटक उपाधि जितेका छन् ।

रोयल च्यालेन्जर्स बैंगलोर, पञ्जाब किंग्स, दिल्ली क्यापिटल्स र लखनउ सुपर किंग्सले अहिलेसम्म उपाधि जितेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *