‘ए’ डिभिजन लिग : आज दुई खेल हुँदै

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलअन्तर्गत आज दुई खेलहरू हुँदैछन् । दुबै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछन् ।

पहिलो खेल नेपाल पुलिस क्लब र एफसी खुमलटारबीच प्रतिस्पर्धा हुनेछ । पुलिस र खुमलटारबीचको खेल दिउँसो २ बजे सुरु हुनेछ ।

पुलिस आज आठौं जितको योजनामा हुनेछ । पुलिस २० खेलमा २५ अंक जोडेर १० औं स्थानमा रहेको छ । खुमलटार सातौं जितको खोजीमा हुनेछ । खुमलटार २० खेलमा २१ अंक जोडेर पुछारमा रहेको छ ।

ADVERTISEMENT

यस्तै दोस्रो खेल हिमालयन शेर्पा क्लब र थ्री स्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ । दुई टोलीबीचको खेल साँझ ६ बजे सुरु हुनेछ ।

हिमालयन आज सातौं जितको योजनामा रहेको छ । हिमालयन २० खेलमा २६ अंक जोडेर आठौं स्थानमा रहेको छ ।

थ्री स्टार सातौं जितको योजनामा रहेको छ । थ्री स्टार २० खेलमा २६ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *