लखनउलाई हराउँदै मुम्बई दोस्रो क्वालिफायरमा

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । लखनउ सुपर जायन्ट्सलाई हराउँदै मुम्बई ईन्डियन्स इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको दोस्रो क्वालिफायरमा पुगेको छ ।

बुधबार राति चेन्नईमा भएको ईलिमिनेटर खेलमा मुम्बई ८१ रनको फराकिलो अन्तरले विजयी भएको हो । मुम्बईले दिएको १८३ रनको लक्ष्य पछ्याएको लखनउ १६ ओभर ३ बलमा १०१ रनमा समेटियो ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १८२ रन बनाएको थियो ।

दोस्रो क्वालिफायरमा शुक्रबार मुम्बई र गुजरात टाइटन्सबीच फाइनल पुग्न खेल हुनेछ ।

ADVERTISEMENT

गुजरात पहिलो क्वालिफायर खेलमा चेन्नाई सुपर किंग्ससँग पराजित भएको थियो ।

दोस्रो क्वालिफायरको विजेता फाइनलमा स्थान बनाउनेछ । पहिलो क्वालिफायरको विजेता चेन्नाईले फाइनलमा स्थान पक्का गरिसकेको छ ।

फाइनल खेल आइतबार हुनेछ । फाइनल खेल अहमदाबादमा आयोजना हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *