काभा महिला भलिबल : आज नेपाल-भारत भिड्दै

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । नेपालमा जारी एनएससी-काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगिताअन्तर्गत आज नेपालले भारतको सामना गर्दैछ । दुई टोलीबीचको खेल राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा दिउँसो ३ बजे शुरु हुनेछ।

नेपालले पहिलो खेलमा किर्गिस्तान र दोस्रो खेलमा बंगलादेशलाई सोझो सेटमा हराएको थियो । दुई खेल जितेर नेपाल समूह एबाट अन्तिम चारमा पुगिसकेको छ ।

भारत पनि दुई खेल जित्दै सेमिफाइनल पुगेको छ । नेपाल भारतलाई हराएर समूह विजेता बन्न चाहन्छ भने घरेलु टोलीलाई हराएर भारत समूह विजेता बन्ने योजनामा छ।

ADVERTISEMENT

यो समूहबाट बंगलादेश र किर्गिस्तान समूह चरणबाट बाहिरिसकेका छन्। यस्तै समूह बीबाट कजाकस्तान र उज्वेकिस्तानले अन्तिम चारमा स्थान बनाएका छन्।

बुधबार बंगलादेश र किर्गिस्तानबीच पनि प्रतिस्पर्धा हुनेछ।​ श्रीलंका र माल्दिभ्सबीच तथा उज्वेकिस्तान र कजाकस्तानबीच पनि प्रतिस्पर्धा हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?