चन्द्रागिरि टिम च्याम्पियन

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । चन्द्रागिरि डोजोले प्रथम गोकर्णेश्वर उपमेयर कप महिला कराँते प्रतियोगिताको उपाधि जितेको छ । चन्द्रागिरिले तीन स्वर्ण, दुई रजत र चार कांस्य जित्यो । शंखडोल कराँते एकेडेमीद्वारा आयोजित प्रतियोगितामा दुई स्वर्णसाथ च्याम्पियन मार्सल आर्ट्स दोस्रो भयो । तेस्रो स्थानको बौद्ध डोजोले एक स्वर्ण र एक रजत हात पार्‍यो ।

गोकर्णेश्वर नगरपालिकाको सहयोगमा ‘महिला हिंसा तथा दुव्र्यसनीविरुद्ध कराँते’ अभियानअन्तर्गत सञ्चालित प्रतियोगितामा च्याम्पियन मार्सल आर्ट्सकी काजोल विष्ट उत्कृष्ट खेलाडी घोषित हुनुभयो । बुढानीलकण्ठ डोजोकी उषाकुमारी कार्की उदीयमान खेलाडी चुनिनुभयो । आयोजक शंखडोलले अनुशासित टिमको उपाधि हात पार्‍यो ।

ADVERTISEMENT

विजेतालाई संघीय सांसद शान्ति श्रेष्ठ, आयोजक एकेडेमीका अध्यक्ष एवं प्रमुख प्रशिक्षक शिव कारन्जितलगायतले एक कार्यक्रमबीच पुरस्कृत गर्नुभयो । त्यसअघि एकदिने प्रतियोगिताको गोकर्णेश्वर नगरपालिकाका मेयर दीपक रिसालले उद्घाटन गर्नुभयो ।

गोकर्णेश्वर नगरपालिका वडा ९ को शंखडोलस्थित आयोजकको आफ्नै कभर्डहलमा भएको प्रतियोगितामा विभिन्न आठ स्पर्धामा १४५ खेलाडीले प्रतिस्पर्धा गरेको आयोजकले जनाएको छ । हरेक स्पर्धाका पदक विजेतालाई नगद पुरस्कार पनि प्रदान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *