हाफ म्याराथनमा मुकेश र राजपुरा विजयी

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 8 mins

काठमाडौं । त्रिभुवन आर्मी क्लबका मुकेश पाल र पुलिस क्लबकी राजपुरा पछाईले शनिबार राजधानीमा आयोजित नवौँ कान्तिपुर हाफ म्याराथन २०२३ को उपाधि जित्नुभएको छ । लेट्स गो ग्रिन टुगेदर’ नारासहित भएको यसपालिको कान्तिपुर हाफ म्याराथन जित्न मुकेशले १ घण्टा ६ मिनेट ४५ सेकेण्ड निकाल्नुभयो । उहाँहरू पहिलोपल्ट विजेता हुनुभएको हो ।

थापाथलीस्थित कान्तिपुरको मुख्यालय सेन्ट्रल बिजनेस पार्कबाट सुरु भएको कान्तिपुर हाफ म्याराथन दौड माइतीघर मण्डला, बानेश्वर, तीनकुने, कोटेश्वर, जडीबुटी, लोकन्थली गठ्ठाघर, ठिमी, सल्लाघारी चोकबाट फन्को लगाएर कोटेश्वर, तीनकुने, बानेश्वर, माइतीघर मण्डला हु“दै सेन्ट्रल बिजनेस पार्क आएर टुंगिएको थियो ।

आर्मीकै राजन रोकाय दोस्रो हुनुभयो । उहाँले एक घण्टा सात मिनेट ५५ सेकेण्ड लगाउनुभयो । बागलुङ घर भई भारतीय सेनामा कार्यरत तीर्थ पुन तेस्रो हुनुभयो । उहाँले एक घण्टा नौ मिनेट १८ सेकेण्डमा दौड पूरा गर्नुभएको थियो । पुरुषतर्फ आर्मीको बर्चस्व हु“दा खड्कबहादुर खड्काले एक घण्टा नौ मिनेट २९ सेकेण्ड र गजेन्द्र राईले एक घण्टा १० मिनेट ५२ सेकेण्डबाट क्रमशः चौथो र पा“चौँ हुनुभयो । गत वर्ष एपिएफका गोपीचन्द्र पार्कीले उपाधि जित्नुभएको थियो ।

महिलातर्फ राजपुराले उपाधि रक्षा गर्नुभयो । गत वर्षकी विजेता पुलिसकी राजपुरा १ घण्टा १९ मिनेट १६ सेकेण्डबाट विजेता हुनुभएको हो । उहाँले गत वर्ष १ घण्टा १९ मिनेट ६ सेकेण्ड लगाउनुभयो । पुलिसकै राममाया बुढा उपविजेता हुनुभयो । उहाँले १ घण्टा २३ मिनेट ०७ सेकेण्ड लगाउनुभयो ।

एपिएफकी पुष्पा भण्डारी १ घण्टा २४ मिनेट ३१ सेकेण्डबाट तेस्रो, पूर्णराज्यलक्ष्मी न्यौपाने १ घण्टा २६ मिनेट २३ सेकेण्डबाट चौथो र गीता बिक १ घण्टा २९ मिनेट ३६ सेकेण्डबाट पाँचौँ हुनुभयो । हाफ म्याराथन पुरुष र महिला दुवैका विजेताले जनही एक लाख पुरस्कार पाउनुभयो । दोस्रो हुनेले ५० हजार, तेस्रो हुनेले ३० हजार, चौथो हुनेले २० हजार, पाँचौँ हुनेले १० हजार र छैटौँ हुनेले पाँच हजार पाउनुभयो ।

ADVERTISEMENT

यस्तै, रमेश खत्रीले हिृवलचियरतर्फ उपाधि जित्नुभयो । तीन किलोमिटर दूरी उहाँले ७ मिनेट २६.७४ सेकेण्डमा पार गर्नुभएको थियो । थापाथलीस्थित कान्तिपुर पब्लिकेशन्सको कार्यालयअगाडिबाट सुरु भएको हिृवलचेयर रेस, थापाथली, माइतीघर मण्डला फन्को लगाएर पुनः सेन्ट्रल बिजनेस पार्कमै गएर टुंगिएको थियो । यसै विधामा दान थिङ दोस्रो हुनुभयो । गत वर्ष तेस्रो हुनुभएका उहाँले ७ मिनेट ३५ सेकेण्ड लगाउनुभयो । उहाँ आर्मीका बास्केटबल खेलाडी हुनुहुन्छ । रामकाजी मिजार तेस्रो हुनुभयो । उहाँले ८ मिनेट ५२.८४ सेकेण्डको समय लगाउनुभयो ।

महिलातर्फ ऐश्वर्या कुमाल विजेता हुनुभयो । उहाँले १० मिनेट ९.७८ सेकेण्डमा दौड पूरा गर्नुभयो । पूर्वविजेता यामकुमारी झाँक्री मगर दोस्रो र पेमा छोक्पा गुरुङ तेस्रो हुनुभयो । यामकुमारीले १० मिनेट ५१.०७ सेकेण्ड र पेमाले ११ मिनेट २५.१० सेकेण्डमा दौड पूरा गर्नुभयो । हिृवलचेयरतर्फ पहिलोदेखि तेस्रो स्थान हात पार्नेले क्रमशः ३० हजार, २० हजार र १० हजार रुपैयाँ पुरस्कार पाउनुभयो ।

यस्तै, कर्पोरेट रन (पाँच किमी) तर्फ विकेश घिमिरे र सुनिता महर्जन विजेता बन्नुभयो । पाँच किलोमिटर दूरी विकेशले १४ मिनेट ३६.३ सेकेण्डमा पूरा गर्नुभएको हो । सुनिताले २३ मिनेट २३.९० सेकेण्डमा पूरा गर्नुभयो । पुरुषतर्फ १४ मिनेट ४६.७ सेकेण्डबाट विकास पोखरेल दोस्रो हुनुभयो र १५ मिनेट ००.६ सेकेण्डबाट अनिश लामा गुरुङ तेस्रो हुनुभयो ।

महिलातर्फ विनिता महर्जन २३ मिनेट ३०.२९ सेकेण्डबाट दोस्रो र एलिना श्रेष्ठ २६ मिनेट ०७.४९ सेकेण्डबाट तेस्रो हुनुभयो ।
पुकारजंग बस्नेत र सुसन कार्कीले कलेज रन जित्नुभयो । ७ किलोमिटर दूरी पुकारले २४ मिनेट ४७ सेकेण्डमा पूरा गर्नुभयो । सुसनले निर्धारित दूरी २७ मिनेट २९.५६ सेकेण्डमा पूरा गर्नुभयो । पुरुषतर्फ २४ मिनेट ५३ सेकेण्डबाट रिम बुढा मगर दोस्रो र २५ मिनेट ३० सेकेण्डबाट समिप थुलुङ राई तेस्रो हुनुभयो । महिलातर्फ निशम हाङ सुब्बा ३१ मिनेट ०७.५० सेकेण्डबाट दोस्रो र मिनिशा पन्त ३२ मिनेट १८.४२ सेकेण्डबाट तेस्रो हुनुभयो । कलेज रनतर्फ पहिलो, दोस्रो र तेस्रो हुनेले केएफसीबाट फुड गिफ्ट भौचर पाउनुभयो भने कर्पोरेटतर्फ विजेतालाई केएफसी र हृयाम्स हस्पिटलका तर्फबाट गिफ्ट हृयाम्पर प्रदान गरिएको थियो ।

सिटी म्याराथनको अवधारणामा भइरहेको कान्तिपुर हाफ म्याराथनको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहालले गर्नुभएको थियो । प्रधानमन्त्री दाहालले सरकारले खेलकुद क्षेत्रलाई प्राथमिकतामा राखेको बताउँदै कर्पोरेट क्षेत्रबाट विभिन्न उद्देश्यले जनचेतना जगाउँदै खेलकुद प्रतियोगिता हुनु सकारात्मक रहेको बताउनुभयो । म्याराथनमा चार हजारभन्दा बढीको सहभागिता रहेको आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?